कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो, थप ८ हजार ६०७ जना संक्रमित

काेराेना अपडेट

531

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ६ सय ७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय ७७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर २२ हजार ३ सय ५३ आरटी पिसिआर र ८ सय ७३ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । यीमध्ये १ लाख १६ हजार १ सय ९२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार ७ सय ५२ सय, ललितपुरमा ४ सय र भक्तपुरमा २ सय ९५ जना गरी उपत्यकामा २ हजार ४ सय ४७ जना संक्रमित थपिएका छन् ।

शुक्रबार देशभर ७ हजार ८ सय ९० जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ७ हजार ८ सय ९० जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ जना पुगेको छ । निको हुने दर ७५.४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय ७७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...