नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धन निर्णायक छलफलमा

648

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसमिा सकिँदै जादा नयाँ सरकार गठनका लागि विपक्षी ३ दलसहित नेकपा एमाले माधव कुमार नेपाल समूह तीव्र कसरतमा जुटेका छन् ।

सरकार गठनका लागि उनीहरु अहिले सिंहदरबारमा निर्णायक वार्ताका लागि जुट्दैछन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव–डा.बाबुराम भट्टराई पक्ष र नेकपा एमाले माधव कुमार नेपाल समूहले अपरान्ह कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्णायक छलफल गर्ने भएका छन् ।

कांग्रेस सभापति शेर बहादुर देउवा निवास बूढानिलकण्ठमा आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति जुटेको हो । आन्तरिकरुपमा दलहरुभित्र छलफल गरेर अनि निर्णायक वार्ता गर्ने तयारीमा विपक्षी लागेका हुन् ।

राष्ट्रपतिले बिहीबार संविधानको धारा ७६(५) अनुसार प्रतिनिधिसभाका सदस्यलाई विश्वासको मत पुर्याउने आधार प्रस्तुत गर्न शुक्रबार साँझ ५ बजेसम्म समय दिएकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...