राष्ट्रपतिद्वारा वैकल्पिक सरकार गठनका लागि दलहरुलाई आह्वान

369

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार राष्ट्रपति भण्डारीले भोलि (शुक्रबार) साँझ ५ बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अधार पेस गर्न आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै भोली (जेठ ७ गते) साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने अधार प्रस्तुत गर्न समय दिइएको जनाएको छ ।

संविधानको धारा ७६को उपधार ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत प्राप्त नहुने देखेर मार्ग प्रशस्त गरेका हुन् ।

उपधारा ५ मा प्रतिनिधिसभामा कुनै पनि दलले स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गनए सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

 

Share This:
सम्बन्धित खबर
Loading...