नगदसहित हुन्डी कारोबारमा संलग्न ३ जना पक्राउ

504

मोरङ । हुन्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो मोरङको विराटनगर महानगरपालिका–११ रोडशेष चोकबाट २१ लाखभन्दा बढी रकमसहित पक्राउ गरेका हुन् ।

विराटनगर–१३ का २५ वर्षीय श्रवण साह र रंगेली नगरपालिका–१ की २५ वर्षीया जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुन्डी कारोबारबाट प्राप्त रकम रहेको खुल्न आएसँगै उक्त कार्यमा संग्लग्न विराटनगर–१३ का ३३ वर्षीय अमृत कुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

साह र चौधरीको साथबाट प्रहरीले २१ लाख ७१ हजार ५ सय नेपाली रुपैयाँ र २३ हजार भारतीय रुपैयाँ तथा विभिन्न बैकका चेकहरु बरामद गरेको छ ।

त्यस्तै, अमृत कुमारको घर कोठा खानतलासी गर्दा मोबाइल तथा नगद डिपोजिट रसिद बरामद भएको हो ।

ठूलो मात्रामा नगद रकमसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...