काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का सांसद् शक्ति बहादुर बस्नेतले जिल्ला अस्पताल जाजरकोटलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
जिल्लामा बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि बस्नेतले जिल्ला अस्पतालका लागि आवश्यक अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर, पिपिई, मास्क, पल्स अक्सिमिटरलगायत स्वास्थ्य सामग्री पठाएका हुन् ।
बस्नेत जाजरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।