तिब्बतले नेपाललाई ८ सय अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री सहयोग गर्दै

595

काठमाडौं । चीनको स्वायत्त प्रदेश तिब्बतले कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउन नेपाललाई आपतकालीन स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दिएको जानकारी अनुसार तिब्बतले नेपाललाई ३० हजार लिटर अक्सिजन (तरल) र ८ सय थान अक्सिजन सिलिन्डरसहित विभिन्न आपतकालीन स्वास्थ्य सामग्री दिने भएको हो ।

अन्य सामग्रीहरुमा १० थान अक्सिजन कन्सेन्ट्रेटर,  ५ वटा भेन्टिलेटर, २ सय वटा आइसियू बेड र १५ हजार एन्टिजेन किट उपलब्ध गराउने राजदूत यान्छीले बताइन् ।

 

 

Share This:
सम्बन्धित खबर
Loading...