अज्ञात समूहद्वारा माओवादी नेतामाथि गोली प्रहार

201

कपिलवस्तु । नेकपा (माओवादी केन्द्र)का कपिलवस्तुका जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि गोली प्रहार भएको छ ।

तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा बुधबार राति करिब ११ बजेतिर पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनको पेट र बायाँतिरको कम्मरको हड्डीमा दुई वटा गोली लागेको प्रहरीले जनाएको छ । पाण्डेसँगै मोटरसाइकलमा सवार भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा गोली लागेको छ । तौलिहवातर्फ जाँदै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका तीन जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको अधिकारीले बताए ।

घाइते पाण्डेलाई उपचारका लागि डिएसपी धर्मराज भण्डारीले बुटवल लगेका थिए । बुटवलका अस्पतालमा कतै भर्ना नलिएपछि भैरहवा लगेर बिहीबार बिहान ३ मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ । घटनाबारे थाहा पाएपछि थप बुझने काम भइरहेको माओवादी केन्द्रका जिल्ला सचिव बिष्णु साहले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...