बाँकेमा १० घन्टाको अवधिमा १७ जना संक्रमितको मृत्यु

371

बाँके । बाँकेमा कोरोना भाइरसबाट थप १७ जना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गएराति साढे ८ बजेदेखि बुधबार बिहान साढे ६ बजेसम्ममा १७ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये ७ जना बाँके र १० जना बाहिरी जिल्लाका रहेका छन् । योसँगै बाँकेमा कोरानाबाट २ सय ५३ र अन्य जिल्लाबाट उपचार गराउन आउँदा २ सय ९ जनाको मृत्यु भएको छ ।

बाँकेमा तीव्रगतिमा फैलिएको कोरोना भाइरस महामारीको सङ्क्रमण केही दिनयता घट्दै गएपनि अस्पतालमा भर्ना भएका सङ्क्रमितको मृत्युदर भने घट्न सकेको छैन ।

कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले सङ्क्रमित हुनेभन्दा कोरोना जित्नेको संख्या धेरै रहेको बताए ।

सङ्क्रमित हुनेको संख्या घटे पनि मृत्युदर भने घट्न नसकेको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...