बागमती प्रदेश राष्ट्रियसभा उपनिर्वाचन : बादललाई मतदान गर्न राप्रपाको ह्विप

573

काठमाडौं । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्देशन दिएको छ ।

भोलि (बिहीबार) हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रहेका गृहमन्त्री बादललाई राप्रपाले मत दिन ह्विप जारी गरेको हो ।

बादललाई मत दिन नेकपा (एमाले)बाट पार्टीलाई औपचारिक पत्र प्राप्त भएकाले मत दिनेबारे निर्णय गरिएको राप्रपाले जनाएको छ ।

बागमती प्रदेशमा २०७४ सालमा भएको निर्वाचनमा बादल नेकपा (माओवादी केन्द्र)बाट विजयी भएका थिए । बादल माओवादी केन्द्रबाट एमाले प्रवेशसँगै उनलाई माओवादीले कारबाही गरेपछि पद रिक्त भएको थियो ।

माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा डा.खिमलाल देवकोटा विपक्षी गठबन्धनबाट उम्मेदवार छन् । यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्ण बहादुर तामाङ उम्मेदवार छन् ।

Share This:
सम्बन्धित खबर
Loading...