गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुख सीता कुमारी पौडेलमार्फत् वैशाख २९ गते शपथ लिएका गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।
बुधबार ३ जनासम्म मन्त्री बन्न सक्ने र बाँकी विश्वासको मत लिएपछि नियुक्त गर्ने तयारी रहेको मुख्यमन्त्री गुरुङको सचिवालयले जनाएको छ । मुख्यमन्त्री गुरुङले आज अर्थमन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतलाई दोहोर्याउन लागेको स्रोतले बतायो ।
गत वैशाख २७ गते संसदमा आफूमाथि पेस भएको अविश्वासको प्रस्तावमा मतदान हुने पक्का भएपछि २६ गते नै राजीनामा दिएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।