नेपालमा कोरोना भाइरसको थप दुईवटा भेरियन्ट पत्ता लाग्यो

552

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्टको कोरोना भाइरस पत्ता लागेको बताएको छ ।

देशको विभिन्न भागमा कोभिड–१९ का संक्रमितहरुका ३५ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2 र ३ प्रतिशतमा B.1.617.1 पुष्टि भएको हो ।

मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीकाअनुसार ९७ प्रतिशतमा पाइने भारतीय भेरियन्ट हो भने ३ प्रतिशतमा पाइएको बेलायत भेरियन्ट हो ।

योसँगै नेपालमा परिवर्तित भाइरससहित ३ किसिमका भेरियन्ट रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो । नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक रहेको अध्ययनहरुबाट पाइएको सहप्रवक्ता डा.अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

No description available.

Share This:
सम्बन्धित खबर
Loading...