इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा

495

काठमाडौं । इराकविरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप फुटबल छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले मंगलबार टोलीको घोषणा गरेका हुन् ।

टोलीमा भरत खवास, रञ्जित धिमाल, अमित तामाङ, शेषेहाङ आङ्दम्बे, रविशंकर पासवान, निशान खड्का, विवेक बस्नेत, नीतिन थापा र दर्शन गुरुङ अटाउन सकेनन् । बन्द प्रशिक्षणमा यी नौ जना खेलाडी सहभागी भएका थिए ।

किरणकुमार लिम्बू पहिलो रोजाइका गोलरक्षकसँगै विशाल सुनार र दीप कार्की गरी थप दुई जना गोलकिपरले टोलीमा स्थान पाएका छन् । त्यसैगरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पूजन उपरकोटी, एरिक विष्ट, सुमन लामा अटाएका छन् ।

२३ सदस्यीय टोलीमा अञ्जन विष्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, अयुष घलान, सूरज जेउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजवंशी र विकास खवास समेत टोलीका समावेश गरिएका छन् ।

नेपालले विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणको खेलपूर्व इराकविरुद्ध मैत्रीपूर्ण म्याच खेल्नेछ । उक्त खेल मे २९ को दिन इराकको बसरा सहरमा हुनेछ ।

लगत्तै नेपाली राष्ट्रिय टोली विश्वकप छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ । कुवेतमा नेपालले छनोट अन्तर्गतको पहिलो खेलमा चाइनिज ताइपेइको सामना गर्नेछ ।

जुन ३ मा हुने पहिलो खेलपछि नेपालले ७ जुनमा जोर्डनको सामना गर्नेछ । दोस्रो चरणको अन्तिम खेलमा नेपालले जुन ११ मा अष्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...