जसपालाई फुटबाट बचाउन महन्थ र उपेन्द्रबीच ८ बुँदे सहमति [विज्ञप्तिसहित]

413

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच ८ बुँदे सहमति भएको छ ।

मंगलबार बसेको बैठकले पार्टीलाई फूटबाट जोगाउन दुवै अध्यक्षले ८ बुँदे सहमति गरेका हुन् ।

तत्काल जसपा सरकारमा नजाने तर, आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने वक्तव्यमा उल्लेख छ ।

जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन ठाकुर र यादव सहमत भएका छन् ।

“पार्टी सरकारमा सहभाग हुने र नहुने सम्बन्धमा व्यापक तर्क–वितर्क एवम् अड्कलबाजीहरु भइरहेका छन्,” विज्ञप्तिमा भनिएको छ,“तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन । जसपा, नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ । तर, राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ ।”

जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने पक्षमा मत बाझिएका थियो । ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने यादव पक्षले विश्वासको मतको विपक्षमा मत दिएको थियो ।

This image has an empty alt attribute; its file name is viber_image_2021-05-18_13-26-41.jpg

This image has an empty alt attribute; its file name is viber_image_2021-05-18_13-26-43.jpg

Share This:
सम्बन्धित खबर
Loading...