मेक्सिकन सुन्दरी एन्ड्रिया मेजाले जितिन् ‘मिस युनिभर्स २०२१’को उपाधि

619

एजेन्सी । मेक्सिकोकी सुन्दरी एन्ड्रिया मेजाले ‘मिस युनिभर्स २०२१’को ताज जितेकी छन् ।

आइतबार राति अमेरिकाको फ्लोरिडास्थित हलिवूडको हार्ड रक होटल र क्यासिनोमा आयोजना गरिएको मिस युनिभर्सलको अन्तिम प्रतिस्पर्धामा मेजाले विश्वका ७० देशका सुन्दरीलाई हराएर २६ वर्षीया मेजाले उपाधि चुमेकी हुन् ।

२०२० मा पहिलोपल्ट कोरोना भाइरस महामारीको कारण यो प्रतियोगिता रद्द गरिएको थियो । कोरोना केही साम्य भएको भन्दै दुई साताअघिबाट फ्लोरिडामा मिस युनिभर्स २०२१ को विविध प्रतिस्पर्धा सुरु भएको थियो ।

आफूले कडा मेहनतसाथ यो प्रतियोगिताको उपाधि जितेको भन्दै आफूलाई जिताउने सम्पूर्ण मेक्सिकन जनताप्रति मेजाले ताज समर्पण गरेकी छन् ।

आफू र देशवाशीकै लागि यो अत्यन्त खुसीको पल भएको मेजाले ताज ग्रहण गर्ने क्रममा बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...