प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दै लिएको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

340

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ ।

गत वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द दुई पटक उच्चारण गर्दासमेत प्रधानमन्त्री ओलीले‘त्यो पर्दैन’ भनेका थिए ।

प्रधानमन्त्री ओलीको शपथलाई लिएर वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीm अधिवक्ताहरु लोकेन्द्र बहादुर ओली र केशरजंग केस् िरिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् । उनीहरुले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रो पटक शपथ गराउन माग गरेका छन् ।

यस्तै अधिवक्ता सन्तोष भण्डारीले प्रधानमन्त्रीको शपथ र प्रधानमन्त्रीले गरेको सात मन्त्रीको नियुक्तिविरुद्ध अर्को रिट निवेदन पेस गरेका छन् । तर, दुवै रिट निवेदन भने भएको छैन ।

रिटमा संघीय संसद् सदस्य नरहेकालाई पुनः नियुक्त गर्नु संविधान विपरीत हुनेसमेत भनिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...