पछिल्लो २४ घन्टामा थपिए ७ हजार ३६८ संक्रमित, ६ हजार ६४८ जना कोरोनामुक्त

604

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ७ हजार ३ सय ६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय ४५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १९ हजार ५ सय ३९ आरटी पिसिआर र ३ सय ४४ एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ५५ हजार ७२ पुगेको छ । यीमध्ये १ लाख १० हजार २ सय ६३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार ८ सय ८१, ललितपुरमा ४ सय ३६ र भक्तपुरमा २ सय ९२ जना गरी उपत्यकामा २ हजार ६ सय ९ जना संक्रमित थपिएका छन् ।

आइतबार देशभर ६ हजार ६ सय ४८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ५ हजार ४ सय ५५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख ३९ हजार ७ सय ५६ जना पुगेको छ । निको हुने दर ७४.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय ४५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...