सुवास नेम्वाङ र भीम रावलको नेतृत्वमा १० सदस्यीय कार्यदल गठन
काठमाडौं । नेकपा एमालेभित्रका विवाद मिलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको छलफलपछि नेताद्वय सुवास नेम्वाङ र भीम रावललेको नेतृत्वमा कार्यदलको टुंगो लगाइएको हो ।
कार्यदलमा दुवै पक्षबाट ५–५ जना सदस्य रहेका छन् । ओली पक्षबाट नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञावली, शंकर पोखरेल र विष्णु रिमाल छन् । त्यस्तै, नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेको नेता नेपालले जानकारी दिए ।
यो कार्यदलले ३ दिनभित्र पार्टीमा देखिएका विवाद समाधान गर्ने नेता नेपालले बताए । समय थप गर्नुपर्ने देखिए थप गर्न सकिने उनले जानकारी दिए ।