प्रधामन्त्री ओलीको निर्देशन– नागरिकको जीवनरक्षाका लागि के–के गर्नुपर्छ गर्नु

463

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झनझटिला प्रक्रिया र आर्थिक अभावले कुनै नागरिकको ज्यान जान नहुने बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकमा उनले नागरिकको जीवनरक्षामा ध्यान दिन निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले जानकारी दिए ।

“हाम्रा प्रक्रियाहरुमा अल्झिएर र आर्थिक स्रोतहरुको अभावले कुनै पनि नागरिकको ज्यान जानु हुँदैन । त्यसैले झन्झटिला प्रक्रिया छन् भने त्यसलाई छोट्याएर, हप्तामा कुनै कामलाई दिनमा, दिनमा हुने कामलाई घन्टामा गरेर भएपनि तत्काल नागरिकको जीवनरक्षाका लागि के–के गर्नुपर्छ गर्नुस् भन्नुभएको छ,” ज्ञावलीले भने ।

देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरुपमा महामारीविरुद्ध लगाउने निर्णय भएको मन्त्री ज्ञावलीले जानकारी दिए । “त्यसका लागि स्वास्थ्य मन्त्रालय, प्रदेशिक अस्पताल, ती सबैलाई सञ्चालन गर्न हाल रहेको कानुनी जटिलतासमेत फुकाएर काम गर्नेछौँ ।

खोपको तत्काल आपूर्तिका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको पनि मन्त्री ज्ञावलीले बताए । “देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने । उद्योगीलाई विजुली महशुललगायतमा सहुलियत दिने । लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने पनि निर्णय गरेका छौँ,” ज्ञावलीले भने ।

Share This:
सम्बन्धित खबर
Loading...