काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सुरु भएको छ ।
ओली र नेपालबीच आइतबार सिंहदरबारमा एक्ला–एक्लै छलफलमा जुटेका हुन् ।
शुक्रबार साँझ सिंहदरबारमा नै भएको भेटमा दोस्रो तहका नेताहरु पनि सहभागी भएका थिए । सो बैठकले विवाद समाधानका लागि कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा ओली र नेपाललाई दिएको थियो ।
आजको छलफलले कार्यदलको टुंगो लगाउने नेताहरुले बताएका छन् ।