काठमाडौं । दोस्रो चरणको कोरोना भाइसर संक्रमणदर तीव्ररुपमा बढेसँगै अहिले विभिन्न ७४ जिल्लामा आंशिकदेखि पूर्ण निषेधाज्ञा लगाइएको छ ।
गृह मन्त्रालयको विवरणअनुसार देशका ७७ जिल्लामध्ये निषेधाज्ञा जारी हुन अब जम्मा ३ वटा जिल्ला मात्र बाँकी छन् । ती हुन्– मनाङ, खोटाङ र तेह्रथुम ।
यी जिल्लामा तुलनात्मकरुपमा संक्रमित कम देखिएकाले अहिलेसम्म निषेधाज्ञा जारी नगरिएको हो ।
गृह मन्त्रालयका अनुसार निषेधाज्ञा लागु भएका ७४ जिल्लामध्ये ६९ मा पूर्ण र ५ जिल्लामा आंशिक निषेधाज्ञा छ । आंशिक निषेधाज्ञा रहेका जिल्लामा काभ्रेपलाञ्चाेक, धनकुटा ताप्लेजुङ, सप्तरी र मुस्ताङ रहेका छन् ।
निषेधाज्ञा जारी भएका जिल्लाः
निषेधाज्ञा_जारी_सम्बन्धी_विवरण