कार्यदलमा रहने सदस्य टुङ्ग्याउन ओली र नेपाल छलफल गर्दै

323

काठमाडौं । नेकपा (एमाले) विवाद समाधान गर्ने विषयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज अपरान्ह छलफल हुने भएको छ ।

गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र नेता नेपालले आाज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्यबारे छलफल गर्न लागेका हुन् ।

यद्यपि दुई नेताबीचको भेटवार्ताको समय भने तय भइनसकेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

अध्यक्ष ओलीले वार्ता गर्न आफ्ना तर्फबाट गृहमन्त्री राम बहादुर थापा‘बादल’लाई खटाउने तयारी गरेका छन् ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएपछि एमाले प्रवेश गरेका बादल प्रधानमन्त्री ओलीका विश्वास पात्र बनेका छन् ।

शुक्रबार प्रधानमन्त्री कार्यालयमा नेपाल पक्षसँग भएको वार्तामा ओलीले बादललाई लगेका थिए ।

बैठकमा उपस्थित नेपाल पक्षीय नेताहरुले बादललाई उपस्थित गराएको असहमति जनाएका थिए । उनीहरुले एमालेको झगडा मिलाउने बैठकमा बादललाई राख्न नहुने तर्क गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...