काठमाडौं उपत्यकामा थपिए २ हजार ९३७ संक्रमित, ६८ जनाको मृत्यु

333

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा २ हजार ९ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १ सय ४६, ललितपुरमा ४ सय ४४ र भक्तपुरमा ३ सय ४७ जना गरी उपत्यकामा २ हजार ९ सय ३७ जना संक्रमित भेटिएको हो ।

हालसम्म काठमाडौंमा ३० हजार १ सय २४, भक्तपुरमा ५ हजार र ललितपुरमा ७ हजार १ सय १ जना संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ६८ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये काठमाडौंमा ४६, ललितपुरमा १४ र भक्तपुरमा ८ जनाको ज्यान गएको छ ।

देशभरबाट २४ घन्टाको अवघिमा ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ भने ५ हजार ४ सय ५५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...