शनिबार ८ हजार १६७ जनामा कोरोना पुष्टि, ५ हजार ४५५ संक्रमणमुक्त

काेराेना अपडेट

539

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार १ सय ६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय ८७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १७ हजार ९ सय ७१ आरटी पिसिआर र ५ सय ७७ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । यीमध्ये १ लाख ७ हजार ३ सय ३६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा २ हजार १ सय ४६, ललितपुरमा ४ सय ४४ र भक्तपुरमा ३ सय ४७ जना गरी उपत्यकामा २ हजार ९ सय ३७ जना संक्रमित थपिएका छन् ।

शनिबार देशभर ५ हजार ४ सय ५५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ५ हजार ४ सय ५५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख ३३ हजार १ सय ८ जना पुगेको छ । निको हुने दर ७४.४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय ८७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ । मृत्यु हुने दर १.०८ प्रतिशत रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...