उपत्यकामा ‘निषेधाज्ञा’ अवज्ञा गर्ने करिब एक हजार सवारी साधन होल्ड

405

काठमाडौं । कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आगामी जेठ १३ गतेसम्म थप गरिएको निषेधाज्ञामा जारी छ ।

शनिबारमात्रै निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ९ सय ४५ वटा सवारी साधनलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमध्ये ७ सय २७ वटा २ पाङग्रे, १ सय ५४ ओटा चारपाङ्ग्रे, ट्याक्सी २० र ४४ वटा अन्य ठूला सवारी साधन रहेका छन् ।

निषेधाज्ञाका कारण काठमाडौ उपत्यकाका सडकमा सवारी आवागमन निकै न्यून छ । काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...