काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छादारलाई पत्नीशोक परेको छ ।
उनकी धर्मपत्नी निर्मला गच्छदारको आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्वमन्त्री मीनेन्द्र रिजाललगायतले समवेदना व्यक्त गरेका छन् ।