जसपा संसदीय दलको नेतामा महतो

600

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतो संसदीय दलको नेतामा चयन भएका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता महतो पक्षका २० जना सांसदहरुको बहुमतीय सहमतितमा महतोलाई संसदीय दलको नेतामा बिहीबार चयन गरिएको हो ।

यसका लागि आइतबार संसदीय दलको बैठकमा बोलाइएको छ । साथै आइतबारै संसद सचिवालयमा यस सम्बन्धमा जानकारी गराउने तयारी भएको जसपाले बताएको छ ।

बिहीबार भक्तपुरको डोलेश्वर रिसोर्टमा ठाकुर–महतो पक्षका सांसदहरूको बैठक बसेको थियो । सो बैठकमा महतोलाई संसदीय दलको नेता चयन गर्ने सहमति भएको जसपाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...