नेपाल सुपर लिगः दुवै टोलीद्वारा उपाधि आफूले जित्ने दाबी

303

काठमाडौं । नेपाल सुपर लिगको उपाधिका लागि शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिस्पर्धाको एक दिनअघि दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । यसअघिका दुई भिडन्तमा धनगढीले बाजीमार्दा फाइनलमा भने काठमाडौंले यसअघिको हारलाई बदला लिएर पहिलो संस्करणको च्याम्पियन बन्य लक्ष्यमा रहेको छ ।

फाइनल अघि आयोजित पत्रकार सम्मेलनमा धनगढी टिमका प्रशिक्षक फुजाले काठमाडौंविरुद्धको खेलका लागि निकै उत्साहित भएको बताए । उनले आफ्नो टिमको आत्मविश्वास निकै राम्रो रहेको र फाइनलमा बाजी मार्नेमा विश्वस्त रहेको धारणा राखे ।

यस्तै कप्तान किरण चेम्जाङले धनगढी टिम लयमा रहेको र तेस्रो पटक यो प्रतियोगितामा भेट हुन लागेको भन्दै खेल प्रतिस्पर्धात्मक हुने र अन्तिममा धनगढीले ने जित्ने दाबी गरे । लिग चरण र क्वालिफायर्समा धनगढीले निकालेको नतिजा फाइनलमा पनि निकाल्नेमा विश्वस्त रहेको उनले बताए ।

त्यस्तै काठमाडौं टिमका प्रशिक्षक बालगोपाल महर्जनले सुपर लिगको उपाधि काठमाडौंमा नै राख्ने गरेर खेल्ने बताए । उनले यो प्रतियोगिताको उपाधिका लागि काठमाडौं निकै उत्साहित भएको धारणा राखे ।

कप्तान विकेश कुथुले फाइनलमा जित्ने हिसावले खेल्ने धारणा राखे ।

फाइनल खेल दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुनेछ । खेलको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...