काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच शुक्रबार पनि भेटवार्ता हुने भएको छ ।
उनीहरुबीच साँझ ६ बजे भेटवार्ता तय भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
“साँझ ६ बजे भेट्ने तय भएको छ । दुवै पक्षका अरु नेता सहभागी हुने नहुने टुंगो लागेको छैन,” नेम्वाङले भने । भेटवार्ता कहाँ हुने भन्नेबारे भने तय भएको छैन ।
आज बस्ने अध्यक्ष ओली र नेता नेपालको बैठकले कार्यदललाई अन्तिमरुप दिने बताइएको छ ।
१० सदस्यीय कार्यदलमा ओली समूहका विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल छन् भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट रहनेछन् । दुई जनाको नाम टुंगो लाग्न बाँकी रहेको छ ।