काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्याएका छन् ।
ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहका बीच ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।
मन्त्रीहरूमा पुरानै अनुहार दोहोरिएका छन् भने उनीहरूलाई साविककै मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ ।
यी हुन् शपथ लिएका मन्त्रीहरु
१. ईश्वर पोखरेल, उपप्रधान तथा प्रधानमन्त्री कार्यालय
२. रामबहादुर थापा‘बादल’, गृहमन्त्रालय
३. टोपबहादुर रायमाझी, ऊर्जा जलस्रोत तथा सिंचाइ
४. विष्णु पौडेल, अर्थ
५. प्रदिप ज्ञवाली, परराष्ट्र
६. हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
७. लेखराज भट्ट, उद्योग, बाणिज्य तथा आपूर्ति
८. कृष्णगोपाल श्रेष्ठ, शिक्षा
९. प्रभु साह, सहरी विकास
१०. भानभुक्त ढकाल, पर्यटन
११. मणिचन्द्र थापा, खानेपानी
१२. पद्मा अर्याल, कृषि
१३. बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
१४. गौरीशंकर चौधरी, श्रम, रोजगार
१५. पार्वत गुरुङ, सञ्चार
१६. शिवमाया तुम्बाहाङ्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१७. लिलानाथ श्रेष्ठ, कानुन
१८. गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
१९. प्रेमबहादुर आले, वन
२०. जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२१. दावा लामा तामाङ, युवा तथा खेलकुद