माओवादीले अब अरुको विरोधमा समय खेर फाल्नु हुँदैन : श्रेष्ठ

396

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अब माओवादीले अरुको विरोधमा समय खेर फाल्न नहुने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले आफूहरुको पार्टीले अब प्रतिक्रियात्मक भएर अरुको विरोधमा समय खेर फाल्न नहुने बताएका हुन् ।

“हाम्रो पार्टी र अन्य कम्युनिस्ष् क्रान्तिकारीहरु ,मुख्यतः हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)ले अब प्रतिक्रियात्मक भएर अरुको विरोधमा समय खेर फाल्नु हुँदैन। देशभक्ति, क्रान्तिनिष्ठता, सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थितरुपमा वैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्,“वैचारिक छिपछिपेपन, विधिपद्धतिको अवज्ञा, व्यक्तिवाद, संकिर्णता, अनेकता, गुटवन्दी, भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको विरुद्ध संघर्ष गर्न दृढ हुनुपर्छ । त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौं।”

उनले तत्कालै भने सिङ्गो पार्टी पङ्क्ति कोरोना महामारीसँग जुझ्न स्वयंसेवामा जुट्न पनि आग्रह गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...