प्रतिगामी शक्तिविरुद्ध एकजुट होऔँ : प्रचण्ड

324

काठमाडौं । मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको उपलक्ष्यमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले शुभकामना दिएका छन् ।

“स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु,” प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा यसको भिन्नै मौलिक पहिचान रहेको प्रचण्डको सन्देशमा उल्लेख छ ।

इद–उल–फित्र चाडले नेपाली जनसमुदायका बीचमा सदियौंदेखिको सहिष्णुता र राष्ट्रिय एकताको भावना जागृत भएको प्रचण्डले उल्लेख गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ, “अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाहरुबाट प्रहार भइरहेको छ । परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गर्दै विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन सबैमा आग्रह पनि गर्दछु ।”

May be an image of 2 people and text

Share This:
सम्बन्धित खबर
Loading...