बागलुङमा ‘निषेधाज्ञा’ जेठ १५ गतेसम्म लम्बियो

486

गलकोट । जिल्ला प्रशासन कार्यालय बागलुङले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।

जिल्लामा नयाँ भेरियन्टको कोरोना भाइरस फैलिएसँगै संक्रमण रोकथामका लागि जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बिहीबार बसेकाे बैठकले जेठ १५ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जारी गरेको सूचनामा अत्यावश्यक सेवा तथा वस्तु बाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेकलाई रोक लगाइएको छ ।

अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्दा आवश्यक कागजपत्र (अस्पतालका या अत्यावश्यक कार्य प्रमाणित हुने) कागज देखाई प्रहरीसँग समन्वय गरी अनुमति प्राप्त भए पश्चात मात्र यात्रा गर्न पाइने छ।

 

Share This:
सम्बन्धित खबर
Loading...