एमाले विवाद समाधानका लागि ९ सदस्यीय कार्यदल गठन

729

काठमाडौं । नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ सदस्य रहेका छन् ।

त्यस्तै, खनाल–नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा चयन भएका छन् । दुई सदस्य भने पछि थप्ने सहमति भएको छ ।

आज चपली हाइटस्थित व्यवसायी तथा क्याप्टेन रामेश्वर थापाको घरमा भएको चार घन्टाको छलफलपछि कार्यदल गठन गर्ने सहमति भएको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...