काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुको राजीनामा दुई/चार दिनलाई टरेको बताएका छन् ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा नेता नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् ।
पत्रकारसँग कुराकानी गर्दै नेपालले भने, “राजीनामा दुई/चार दिनलाई टर्यो, कार्यदल बन्छ ।” चपलीहाइटस्थित सञ्चार व्यवसायी रामेश्वर थापाको घरमा भएको वार्ता झन्डै साढे तीन घन्टा चलेको थियो ।
नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी भइरहेका बेला ओली र नेपालबीच भेटवार्ता भएको हो ।