२४ घन्टामा ८ हजार ९६० जनामा कोरोना पुष्टि, ५ हजार ५५ संक्रमणमुक्त

काेराेना अपडेट

751

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ९ सय ६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय १४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १९ हजार ४ सय ७४ आरटी पिसिआर र ७ सय ७१ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ । यीमध्ये १ लाख ५ हजार २ सय ७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा २ हजार ७ सय ३३, ललितपुरमा ४ सय ८१ र भक्तपुरमा ३ सय ४८ जना गरी उपत्यकामा ३ हजार ५ सय ६२ जना संक्रमित थपिएका छन् ।

बिहीबार देशभर ५ हजार ५५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ५ हजार ५५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख २१ हजार ५ सय १८ जना पुगेको छ । निको हुने दर ७४.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २ सय १४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...