काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पुनः नयाँ सरकार गठनमा जसपाको भर नपर्न सुझाव दिएका छन् ।
ठाकुुरले देउवालाई सरकार गठनको विषयमा जसपा तटस्थ बस्ने निर्णय भएको सन्देश दिएका हुन् । उनले यसअघिको भेटमा पनि देउवालाई भर नपर्न सुझाव दिएका छन् ।
देउवा निवास बूढानिलकण्ठमा बिहीबार देउवा, ठाकुर र राजेन्द्र महतोबीच भेट भएको हो । ठाकुरले कांग्रेस गठबन्धनलाई समर्थन जनाउन नसक्ने निर्णय सुनाएका थिए । राष्ट्रपतिलाई सरकार गठनको पक्षमाजसपा नरहेको भन्दै यसअघि नै ठाकुरले पत्र पठाइसकेको छ ।
ठाकुरपक्षले सुरु देखिनै सरकार गठनमा तटस्थ रहेको भन्दै कांग्रेसलाई भर नपर्न आग्रह गरेका छ । तर, जसपाको उपेन्द्र यादव समूह भने सरकार गठनको पक्षमा रहेको छ ।