काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा र जनता समाजवादी(जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच बूढानीलकण्ठमा छलफल जारी छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार बहुमतको सरकार गठनका लागि दिएको समय सकिन लागेको बेला सरकार गठनका लागि निर्णायक रहेको जसपासँग छलफल गरिरहेको छ ।
आफ्नो नेतृत्वमा सरकार बनाउन देउवाले ठाकुरलाई आग्रह गरेका छन् । छलफलमा जसपाको वरिष्ठ नेता राजेन्द्र महतोसमेत सहभागि छन् ।
जसपा सरकार बनाउने र गिराउने कुनै खेलमा नलाग्ने भन्दै तटस्थ बस्दै आएको छ । ठाकुरलाई सहमतिमा ल्याउन सके देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने देखिन्छ ।