माधव नेपालसहित ४ नेताको निलम्बन फुकुवा

205

काठमाडौं । नेकपा एमालेले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको निलम्वन फुकुवा गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले पार्टीको एकताका लागि विगतको सबै कुरालाई बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै निलम्वन फुकुवा गर्ने निर्णय गरेको ज्ञवालीले बताए । त्यस्तै आफ्नै सरकार ढालेर विपक्षीहरुको सरकार बनाउने र त्यसका लागि मुख्य कारक बन्न बाटोमा नहिँड्न आह्वान गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधनलगायत कुरा र अन्य विषयमा आवश्यक निर्णय गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने निर्णय गरेको उनले बताए । उनले दुईभन्दा बढी दलको सरकारभन्दा पनि राष्ट्रिय हितका लागि एमालेकै नेतृत्वमा सरकार बनाउन जोड रहेको धारणा राखे ।

एमालेले गत चैत १६ गते नेता नेपाल र भीम रावललाई पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै, चैत १९ गते सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...