गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त

266

गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन् । मुख्यमन्त्रीका लागि दाबी पेस गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ नियुक्त भएका हुन् ।

संविधानको धारा १६८ (३) बमोजिम गुरुङलाई प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

बुधबार अपरान्ह ४ बजेसम्मको समयभित्र नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको पत्र लिएर पोखरेल प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।

तर, त्यहीबेला जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले आफू तटस्थ रहेको भन्दै आफूलाई दलको नेताबाट हटाइएको कार्यलाई मान्यता नदिन पत्र पठाएपछि घटनाक्रम अर्कैतिर मोडिएको थियो ।

त्यस लगत्तै जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले पनि आफू गठबन्धनमा नरहेको वक्तव्य दिएपछि चार दलको समर्थन भनिएपनि बहुमत नपुगेकाले गठबन्धनको दावी अस्वीकृत भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...