काठमाडौं उपत्यकामा थपिए ३ हजार ९२४ जना कोरोना संक्रमित

362

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ३ हजार ९ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार २ सय ५०, ललितपुरमा ४ सय ४८ र भक्तपुरमा २ सय २४ जना संक्रमित भेटिएको हो ।

देशभरबाट २४ घन्टाको अवघिमा ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख २२ हजार ४ सय १६ पुगेको छ । यीमध्ये १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

बुधबार देशभर ४ हजार ४ सय ४४ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ४ हजार ४ सय ४४ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख १६ हजार ४ सय ६३ जना पुगेको छ । निको हुने दर ७४.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय ६८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...