काठमाडौं । कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाएको छ ।
अमेरिकाले बुधबार एक ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राखेर आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण नगर्न आग्रह गरेको हो ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल ४ को भ्रमण सूचना जारी गर्दै नेपालमा कोरोनाको संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरेको छ ।
अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार अर्को सूचना जारी नभएसम्म अमेरिकी नागरिकलाई नेपाल भ्रमण नगर्न भनिएको छ ।
नेपाल छाड्न चाहने अमेरिकीहरुका लागि चर्टर्ड उडानको अनुमति दिन नेपाल सरकारसँग आग्रह गरिएको जानकारी समेत सूचनामा उल्लेख छ ।