बिपी प्रतिष्ठानमा संक्रमित महिलाको मृत्यु

1,540

धरान । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना महिलाको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका–१ घर भएकी ७० वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए ।

उनका अनुसार मंगलबार कोरोना संक्रमण पुष्टि भई उपचारार्थ प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएकी महिलाको आइसोलेसनमा उपचार भइरहेकोमा उपचारकै क्रममा साेही दिन अपरान्ह २ः३० बजे उनको ज्यान गएको हो ।

मृतक महिलामा हाइपरटेन्सन नामक मानसिक समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...