काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धको समय थपेको छ ।
प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो ।
यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौं र नयाँ दिल्लीबीच हप्ताको दुई वटा उडान भने कायम रहने छ ।
नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् । प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ सुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ ।