देउवाको नेतृत्वमा सरकार बनाउन समर्थन जुटाउने कांग्रेसको निर्णय

536

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनाउनका लागि आवश्यक समर्थन जुटाउन अन्य दलसँगको छलफलाई तीव्रता दिने निर्णय गरेको छ ।

कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमाभित्र देउवाको नेतृत्वमा सरकार बनाउनका लागि अन्य दलसँगको छलफललाई तीव्रता दिने निर्णय गरेको हो ।

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास पनि लिएको छ । नयाँ सरकार गठनका लागि जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोशिश गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

महतले माओवादी केन्द्र कांग्रेसलाई सघाउनेबारे स्पष्ट रहेको र अन्तिम समयसम्ममा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गरे । यस्तै एमालेकै नेपाल समूहले तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको उनले बताए ।

पदाधिकारी बैठकमा देउवाले सरकार निर्माणका लागि माओवादी अध्यक्ष प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलगायतका विभिन्न पक्षसँग भएका छलफलबारे जानकारी गराएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...