२४ घन्टामा २२५ जना काेराेना संक्रमितको मृत्यु

1,559

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा २ सय २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एकैदिन २ सय २५ जना संक्रमितको मृत्यु भएको हो ।

योसँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

पछिल्लो २४ घन्टाको अवघिमा २० हजार ५ सय ९६ आरटी पिसिआर र ७ सय २० एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ ।

कुल कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ । यीमध्ये ९७ हजार ८ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

मंगलबार देशभरबाट ५ हजार २ सय २५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । निको हुने दर ७५.५ प्रतिशत रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...