२४ घन्टामा २२५ संक्रमितको मृत्यु, थप ९ हजार ४८३ जनामा कोरोना पुष्टि

काेराेना अपडेट

622

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ४ सय ८३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय २५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर २० हजार ५ सय ९६ आरटी पिसिआर र ७ सय २० एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी दैनिक अद्यावधिक विवरणमा उल्लेख गरिएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ । यीमध्ये ९७ हजार ८ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा २ हजार ७ सय ८८, ललितपुरमा ६ सय २ र भक्तपुरमा ५ सय ३७ जना गरी उपत्यकामा ३ हजार ९ सय २७ जना संक्रमित थपिएका छन् ।

मंगलबार देशभर ५ हजार २ सय २५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ५ हजार २ सय २५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख १२ हजार १९ जना पुगेको छ । निको हुने दर ७५.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २ सय २५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...