प्रचण्डलाई स्वास्थ्यमन्त्री त्रिपाठीको जबाफ– ‘झुटा कुरा नबोल्नु, डेटा छैन भने म दिन्छु’

850

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहितका नेताहरूलाई जथाभावी नबोल्न चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रचण्ड, उपेन्द्र यादवलगायतका नेताहरूले खोप खरिदमा अनियमितता भएको बताएपछि त्रिपाठीको प्रतिक्रिया आएको हो ।

“बोल्न त बोल्नु तर बुझेर बोल्नु । डेटा छैन, समय छैन भने हामी दिन्छौं,” उनको भनाइ छ, “अनर्गल र झुटा आत्मरतिका लागि नबोल्नु ।”

त्रिपाठीले खोप खरिदका लागि एक पैसा पनि कसैलाई कमिसन नदिएको र दिने अवस्थ पनि नरहेको बताए ।

उनले सरकारले अहिलेसम्म २० लाख डोजमात्रै प्रतिडोज ४ डलरमा खरिद गरेको बताउँदै त्यसभन्दा कम कसैलै ल्याउन सक्छ भने सरकारले एक करोड डोज खरिद गर्ने जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...