काठमाडौं उपत्यकामा थप १५ दिन लम्बियो निषेधाज्ञा

730

काठमाडौं । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा थप १५ दिन थपिएको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

जारी निषेधाज्ञा जेठ १३ गते राति १२ बजेसम्म थप भएको छ ।

त्यस्तै, बैठकले निर्माण सामग्री दिउँसोमा ल्याउन नपाइने निर्णय गरेको छ । बैठकले विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पार्टी प्यालेसमा गर्न रोक लगाएको छ ।

विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा बढी सहभागी हुन नपाइने निर्णय गरेको भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...