उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ६२० सवारी साधन कारबाहीमा

635

काठमाडौं । कोरोना संक्रमण रोकथाम र न्युनिरकणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ ।

निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ६ सय २० वटा सवारी साधनलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमा ४ सय ८५ वटा २ पाङग्रे, ८५ वटा चारपाङग्रे, ट्याक्सी १० ओटा, र ४० वटा अन्य सवारी साधन रहेका छन् । नियन्त्रणमा लिइएका सवारी साधनलाई बेलुकी मात्र छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञामा काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् ।

यस्तै काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...