काठमाडौंबाट अक्सिमिटरको कालोबजारी गरेको आरोपमा ७ जना पक्राउ

314

काठमाडौं । काठमाडौंमा अक्सिमिटरको कालोबजारीमा संलग्न भएको आरोपमा ७ जना पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय अपराध अनुसन्धान महाशाखा र औषधि व्यवस्था विभाग तथा वाणिज्य विभागको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा ७ जनालाई पक्राउ गरिउको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा बल्खुमा रहेको बायोप्लस फर्माका सञ्चालक शिखर श्रेष्ठ, नानोटेक फर्मा थापाथलीका सञ्चालक शेषकान्त अधिकारी, बाजुरा घर भएका थुमराज उपाध्याय, सुनसरीका पुष्कर धिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतीय नागरिक जगदीशप्रसाद रानासरिया रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

टोलीले उनीहरुको साथबाट ७ सय ६५ थान अक्सिमिटरसमेत बरामद गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

न्यून गुणस्तरको अक्सिमिटरको बजार मूल्य झन्डै ७ सय रुपैयाँ पर्ने भएपनि व्यापारीहरुले २ हजार २ सय रुपैयाँसम्म बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

This image has an empty alt attribute; its file name is press-note-28-560x768.jpg

Share This:
सम्बन्धित खबर
Loading...